भोजपुरमा प्रहरी–विप्लव समूह गोली हानाहान, दुईको मृत्यु
साङ्केतिक तस्वीर

भोजपुर– भोजपुरमा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । घटनामा दुई जनाको मृत्यु भएको छ । 

बुधबार विहान भएको यो घटनामा प्रहरी जवान सन्जिव राई र विप्लवका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको हो । 

यो दोहोरो भीडन्त भोजपुरको सदरमुकाममा नै भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताएका छन् । 

मारिनेमा विप्लव समूहका भाेजपुर इन्चार्ज रहेकाे बताइएकाे छ । प्रहरीले उनीसँग पेस्ताेल बरामद गरेकाे छ । 

बुधबार विहान साढे ८ बजे याे घटना भएकाे प्रहरीले जनाएकाे छ । 

 





  • प्रकाशित मिति : असार २५, २०७६ बुधबार ९:५७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया