छवि ओझाविरुद्ध पत्नी शिल्पा पोखरेलको उजुरी

काठमाडौं– अभिनेत्री शिल्पा पोखरेलले पति छवि ओझाबाट आफू असुरक्षित भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । उनले ओझाबाट आफू घरेलु हिंसाका कारण पीडित भएको भन्दै प्रहरीमा निवेदन दिएकी हुन् । 

पोखरेलको उजुरी परेपछि प्रहरीले ओझालाई बुधबार प्रहरी कार्यालयमा बोलाएको छ । तीन वर्षअघि विवाह गरेका पोखरेल र ओझाबीच पछिल्लो समय खटपट चलिरहेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पोखरेलले पतिबाटै आफू असुरक्षित भएको र जिउधनको रक्षा गरि पाउँ भन्दै उजुरी दिएकी हुन् । 

पहिले म्युजिक भिडियोमा काम गरेकी मोडल पोखरेललाई छवि ओझाले नै फिल्ममा ब्रेक दिएका थिए । यी दुईले २०७३ सालमा दशैंमा विवाह गरे पनि लामो समय आफूहरुले विवाह गरेको खुलाएका थिएनन् । 

गत वर्ष यी दुवैले विभिन्न मिडियामा आफूहरुले विवाह गरेको र यो सम्बन्ध स्वच्छ भएको बताएका थिए । शिल्पालाई छविराज ओझाले नै फिल्म ‘लज्जा’बाट ब्रेक दिएका थिए । त्यसपछि शिल्पाले छविराजकै फिल्म हवलदार सुन्तली, मंगलमलगायतका काम गरिन् ।

शिल्पासँग विवाह गर्नुअघि छविराजले अभिनेत्री रेखा थापासँग डिभोर्स गरेका थिए । रेखा छविराजकी तेस्री श्रीमती थिइन् । 





  • प्रकाशित मिति : असार २५, २०७६ बुधबार १२:८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया