कांग्रेस प्रवक्ता शर्माको नेकपा अध्यक्षद्वयलाई प्रश्न– कतिका सपना मारेर कस्तो देश बनाउने सपना ?

काठमाडौं– भोजपुरमा भीडन्तमा परि प्रहरी जवान र नेत्रविक्रम चन्द विप्लव समूहका भोजपुर इन्चार्ज मारिएपछि कांग्रेस प्रवक्त विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् । 

बुधबार विहानको घटनापछि शर्माले ट्विट गर्दै प्रधानमन्त्री र विप्लव दुवैले मृत्युको समाचार बाँडिरहेकोमा आपत्ति जनाएका छन् । 

‘हामी जीवनको खबर खोज्दैछौँ...’ उनले लेखेका छन्, ‘ सन्जिव र निरकुमार दुवै राई भाई करोडपती आमाबाबुका छोरा थिएनन्  िएक प्रहरी,अर्का विद्रोही युवा,आज यी संगै यिनको परिवारको सपना मारिएको छ १’

त्यसपछि उनको प्रश्न छ, ‘ कतिका सपना मारेर कस्तो देश बनाउने सपना छ यहाँ दुइसँग ?’





  • प्रकाशित मिति : असार २५, २०७६ बुधबार १२:४३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया