न्युजिल्यान्डविरुद्धको खेलकाे सुरुमै रोहित, विराट र राहुल आउट भएपछि भारत दबाबमा

काठमाडौं । न्युजिल्यान्ड र भारतबीच जारी विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतले खराब सुरुवात गरेको छ । न्युजिल्यान्डले दिएको २ सय ४० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भारत खराब सुरुवातसँगै दबाबमा परेको छ ।  

भारतका आशालाग्दा मुख्य तीन खेलाडी आउट भएका छन् । रोहित शर्मा, कप्तान विराट कोहली र केएल राहुल समान १–१ रनमा आउट भएपछि भारतलाई दबाब परेको हो । 

१.३ ओभरमा रोहित एक रनमा आउट हुँदा भारतको चार रन थियो । दोस्रो विकेटको रुपमा कप्तान विराट आउट हुँदा भारतको पाँच रन थियो । त्यस्तै, ३.१ ओभरमा राहुल आउट भएसँगै भारत दबाबमा परेको हो ।

तीन खेलाडी आउट भएपछि क्रिजमा रिषभ पन्त र दिनेश कार्तिक छन् । यसअघि इंग्ल्यान्डको म्यान्चेस्टरमा न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३९ रन बनाएपछि भारतले मध्यम लक्ष्य पाएको थियो ।





  • प्रकाशित मिति : असार २५, २०७६ बुधबार १७:४१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया