मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर ६ वर्षीय बालकको मृत्यु

काठमाडौं– झापामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजना विद्यार्थीको मृत्यु भएको छ । 

मोरङ रतुवामाई नगरपालिका वडा नम्बर १ घर भई गौरादह ८ स्थित मामाघरमा बस्दै आएका ६ वर्षीय रोशन महतोको मृत्यु भएको हो । 

चार्जमा रहेको मोबाइल हातले समाउन खोज्दा करेन्ट लागेर गौरीगञ्जस्थित ज्ञानोदय माविमा अध्ययनरत बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

इलाका प्रहरी कार्यालय गौरीगञ्जका अनुसार बिहीबार बिहान करिब १० बजे मोबाइलबाटै करेन्ट लागेर ज्यान गएको हो ।





  • प्रकाशित मिति : असार २६, २०७६ बिहीबार १७:५५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया