बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध, नारायणगढ–मुग्लिङ सडकखण्ड एकतर्फी

काठमाडौं– निरन्तर वर्षाका कारण विभिन्न ठाउँमा गएका पहिरोका कारण बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका छन् । नारायणगढ–मुग्लिङ सडकखण्ड एकतर्फी रुपमा मात्र सन्चालनमा आएको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दिएको जानकारीअनुसार गोलन्जोरमा पहिलो गएपछि बीपी राजमार्ग अवरुद्ध भएको हो ।

त्यस्तै, पहिरोकै कारण बीपी राजमार्ग सुनकोशी गाउँपालिका कमरेमा पनि अवरुद्ध भएको छ । अहिले पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिएका छन् ।

गोलन्जोरमा नै पहिरो गएका कारण मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध बनेको छ । त्यहाँ पनि डोजर लगाएर पहिरो पन्छाउने काम भइरहेको छ ।

उता, पहिरोकै कारण नारायणगढ–मुग्लिङ सडकखण्डमा पनि एकतर्फी रुपमा मात्र सन्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।





  • प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार ९:४३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया