Tue, 16 Jul, 2019


तुलसी सेवन गर्ने चार तरिका, जसले ठिक गर्छ चार गम्भीर राेग
फरकधार / असार २७, २०७६

अधिकांश नेपालीलाई तुलसीको बारे बताउनै पर्दैन । हामी सबैलाई थाहा छ, तुलसीका आयुर्वेदिक फाइदा तथा गुणहरु धेरै छन् । कतिपयले त जाडोमा चियामा पनि तुलसी राखेर बताउँछन् । तुलसी दूधसँग कसरी खाने भन्ने कुराले यसले गर्ने फाइदालाई पनि निर्धारण गर्छ ।



तुलसी सेवन गर्ने चार तरिका: 

  • कयौँ मानिसहरु माइग्रेन रोगका कारण लामो समयदेखि समस्यामा परेका हुन्छन् । यस्तो छ वा टाउको निरन्तर दुख्छ भने तुलसीको पत्तालाई दूधमा मिसाएर बेसार हालेर खानाले धेरै फाइदा पुग्छ । 
  • तुलसीमा एन्टि इन्फ्लेमेटरी गुण हुन्छ । यसको अर्थ हो, यसले हाम्रो शरिरमा कतै पोलिरहेको छ वा भित्र दुखिरहेको छ भने यसको सेवनले ठिक हुन्छ । त्यसैले जाडोमा यसलाई अझ उपयोगी मानिन्छ । कतिसम्म भने फ्लूहरुबाट बच्न पनि तुलसीको पत्ता दूधमा हालेर खान सकिन्छ ।
  • मिर्गौलामा स्टोनको समस्या देखिएको छ भने पनि तुलसीको पात दूधमा हालेर खाँदा निकै फाइदा हुन्छ । यसको नियमित सेवनले मिर्गौलामा भएको पत्थरी गल्न थाल्छ । 
  • तुलसीमा धेरै एन्टिबायोटिक गुण हुन्छन् । दूध पोषक तत्वहरुले भरिपूर्ण हुन्छ । दूधमा तुलसीको पात हालेर खाने हो भने क्यान्सरजस्ता गम्भीर रोगहरुबाट पनि छुटकारा पाउन सकिन्छ । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्