'मध्य तथा पूर्वका तटीय क्षेत्रमा भोलिसम्म उच्च सतर्कता अपनाऔँ'

काठमाडौं– यतिखेर देशका सबैजसो स्थानमा पानी परिरहेको छ । देशभर परिरहेको वर्षाका कारण खोला तथा नदीमा जलसतह बढ्दै गएकाले सतर्क रहन देशवासीलाई सरकारले आग्रह गरेको छ । ट्विटर ह्यान्डल ‘नेपाल बाढी सूचना’मार्फत सरकारले प्रदेश १, २ तथा ३ का चुरे तथा पहाड क्षेत्रबाट बहने नदीहरूमा जलसतह बढ्न थालेकाले नदी क्षेत्र आसपासका मानिसलाई सतर्क रहन सूचित गरेको हो ।

सूचनामूलक ट्विटमा वर्षा भोलिसम्म जारी रहने बताइएको छ । बाढी पूर्वासनुमान गर्ने कम्युटर मोडलले समेत जलप्रवाह उच्च हुने देखाएकाले नदीको तटीय क्षेत्रका बासिन्दा भोलिसम्म उच्च सतर्कतामा बस्नुपर्ने सरकारले जनाएको छ ।

यस्तै अर्को ट्विटमार्फत सरकारले बागमती नदीको तराई क्षेत्रमा पानीको बहाब खतराभन्दा माथि पुगेको जनाएको छ ।

कमला, कन्काई र कोसीमा पानीको बहाब खतरानजिक पुगेको र बढ्दै गएको, मध्य र पुर्वी नेपालका सबै चुरे खोलाहरुमा बहाब सतर्कताभन्दा माथि पुगेको सूचना छ । यो क्रम भोलिसम्मै रहने र खतरा अझ बढ्न सक्ने भन्दै सरकारले सबै शक्ति प्रतिकार्यमा लगाउन आह्वान गरेको छ । 



विभिन्न ट्विटमार्फत सरकारले उच्च सतर्कता अपनाउन लगातार सूचित गरिरहेकाे छ । 



  • प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार १०:४०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया