नयाँ दिल्ली– दक्षिणी कस्मिरमा खेलका दौरान गर्धनमा बल लागेर एक भारतीय युवा क्रिकेटरको ज्यान गएको छ । कस्मिरका यु–१९ क्रिकेटर जहाँगिर अहमद वार अनन्तनाग जिल्लामा एक प्रतियोगिता खेलिरहेका थिए । उनले सुरक्षा उपकरण पनि पहिरिएका थिए ।
बिहीबार गर्धनमा बल लागेपछि बेहोस भएका वारलाई तुरुन्त अस्पताल लगियो । अस्पतालले उनलाई तत्काल मृत घोषित गर्यो ।
समाचार एजेन्सी एएनआइका अनुसार जम्मु–कस्मिरका राज्यपाल सत्यपाल मल्लिकले क्रिकेटर वारको मृत्युप्रति दुःख व्यक्त गर्दै उनको परिवारलाई पाँच लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।
J&K Governor Satya Pal Malik has expressed grief over the death of Jahangir Ahmad War, an 18-year-old cricketer, who died while playing a cricket match in Anantnag district. He has announced an ex-gratia of Rs 5 Lakh to the next of kin of the deceased. (file pic) pic.twitter.com/2ikRoXGHhR
— ANI (@ANI) July 12, 2019
११ कक्षामा पढ्ने जहाँगिर हालै यु–१९ क्रिकेट क्याटेगोरीमा छनोट भएका थिए । उनी बारामुला क्रिकेट क्लबका लागि खेल्थे ।
सुरक्षा सावधानीका बाबजुद क्रिकेटरको मृत्यु हुने घटना विश्व स्तरका खेलमा पनि हुने गरेको छ । यस्ता घटनाले विश्व क्रिकेटमा खेलाडीको सुरक्षालाई लिएर थप रणनीतिहरु बन्नुपर्ने देखाउँछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।