माधवकुमार नेपाल–श्रीलंकाली नेता भेटघाट

श्रीलंका- श्रीलंका भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले त्यहाँका शीर्ष नेताहरुसँग भेटघाट गरेका छन् । 

नेता नेपाल श्रीलंका कम्युनिस्ट पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा कोलम्बो पुगेका हुन् । 

बिहीबार नेता नेपाल र श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघे, सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्ष, श्रीलंका कम्युनिस्ट पार्टीका अध्यक्ष राजा कोलुरलगायतसँग भेटघाट भएको थियो ।

भेटका अवसरमा नेपाल र श्रीलंकाबीचको मित्रतापूर्ण सम्बन्धका बारेमा चर्चा हुनुका साथै बुद्धको जन्मस्थान नेपाल र बौद्धमार्गी मुलुक श्रीलंकाबीच जनस्तरको सम्बन्ध विस्तारमा जोड दिइएको थियो । 

लामो समय द्वन्द्व भोगेका दुवै मुलुकका नेताहरुले आ–आफ्नो देशका द्वन्द्व समाधानका अनुभवबारे चर्चा गरेका छन् । भेटघाटमा श्रीलंकास्थित नेपाली राजदूत डा. विश्वम्भर प्याकुरेलको पनि सहभागिता थियो । 

असार २३ गते कोलम्बो प्रस्थान गरेका नेता नेपाल असार २९ गते स्वदेश फर्किने कार्यक्रम छ । 





  • प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार १५:१८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया