तनाव कम गर्न

अहिलेकाे समयमा जाे पनि निकै व्यस्त हुन्छ । अनि प्रतिस्पर्धा पनि उत्तिकै हुन्छ । यसले गर्दा तनाव बढ्न सक्छ मानिसमा । तर तनाव कम गरेर कसरी स्वास्ठ भएर बस्ने त ? केही उपाय :

 

खानपानमा ख्याल 
तनावले शारीरिक अवस्थासँग प्रत्यक्ष सम्बन्ध राख्छ । खाजा नखाई बिहानैदेखि काममा जाने, खाना समयमा नखाने तथा स्वस्थ खानेकुरा सेवन नगर्ने बानीले तनाव बढाइरहेको हुन्छ । जसले शारीरिक तथा मानसिक दुवैखाले असर पुर्‍यारहेको हुन्छ । त्यसैले, समयमा त्यसमा पनि स्वस्थ खाना खानुपर्छ । केरा, अमला, स्याउ, जौ, कुरिलो, दूधलगायत तनाव व्यवस्थापन गर्न सहयोग गर्ने खानेकुरा खान सकिन्छ । 

योग र ध्यान गर्ने
अस्तव्यस्त जीवनशैली भएका मानिसमा तनावले स्वतः डेरा जमाउँछ । लामो समय बौद्धिक काममा बिताउने, तर शारीरिक व्यायाम नगर्ने बानीले गर्दा डिप्रेसनको सम्भावना बढेर जान्छ । त्यसैले, बिहानको समयमा योग र ध्यान गर्दा दिनभरिको समय सजिलै व्यवस्थापन गर्न सकिन्छ । साथै,  धैर्य गर्ने क्षमता बढ्ने, दिमाग शान्त हुने तथा विचार व्यवस्थित गर्न सकिने हुन्छ ।  

आफूलाई समय दिने कामको अध्यधिक चाप र जिम्मेवारीको बोझले मानिसलाई अल्छी बनाइदिएको छ । फुर्सदको समयमा पनि निष्क्रिय बस्ने, ग्याजेट, सामाजिक सञ्जालमा लामो समय बिताउने गर्छन् । जसले गर्दा कहिल्यै फ्रेस महसुस हुन पाउँदैनन् । त्यसैले, थोरै समय भए पनि आफ्ना लागि छुट्याउनुपर्छ । आफ्नो काम आफैँ गर्ने बानी बसाल्नुपर्छ । फुर्सदमा कोठा र घरको सरसफाइ गर्ने, एक्लै भए पनि खुला ठाउँमा समय बिताउने, आफन्त तथा साथीभाइसँग घुम्न जाने गर्नुपर्छ ।
 
बिहान योजना बनाउने
तनाव व्यवस्थापनका लागि सन्तुलित दिनचर्या एकदमै महत्वपूर्ण हुन्छ । दैनिक कामलाई आवश्यकता र महत्वका आधारमा वर्गीकरण गरी समय निर्धारण गर्नुपर्छ । त्यस्तै, नियमित व्यायाम र आरामले तनावबाट मुक्ति पाउन सकिन्छ । आफ्नो क्षमताले भ्याउने काम गर्नुपर्छ, त्यो पनि व्यवस्थित रूपमा । हरेक बिहान आफूले दिनभरि गर्ने कामको योजना बनाउनुपर्छ । जसले काम गर्न सहज हुन्छ र तनाव महसुस पनि हुँदैन ।  

तनावको सामना गर्नुहोस् 
कस्तो अवस्था र व्यवहारले तनाव ल्याउँछ र तनावका वेला तपाईं कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ? यो बुझ्न जरुरी छ । निरन्तर अभ्यास गरेर तनावको प्रभाव आफूमा कम गर्न सकिन्छ । के कारणले तनाव भइरहेको हो भन्ने कुरा केलाएर त्यसको समाधानतिर लाग्नुपर्छ ।





  • प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार १५:४३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया