राप्रपालाई पुनर्जागृत गराइछाड्ने कमल थापाको दृढता

विराटनगर– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा लाई पुनर्जागृत गराएरै छाड्ने दृढता व्यक्त गरेका छन् । पार्टीको मोरङ जिल्ला कार्य समितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपालाई जनताले बिस्तारै आशा र बिश्वासको नजरले हेरिरहेको तथा कांग्रेस कम्युनिस्ट असफलताको दिशामा गएको दाबी गरे । 

आफूले पछिल्लोपटक छोटो अवधिमा दुईपटक मेची–महाकाली गएको र ५०–५२ जिल्लाको भ्रमण गरेको थापाले बताए । उनले कार्यकर्तालाई ढाडस दिँदै भने, ‘राप्रपाको भविष्य छ, विस्तारै उठ्दै छ, उठ्छौँ, हामीले एजेन्डा स्थापित गराएरै छाड्छौँ ।’  कार्यकर्ताहरु कोही पनि विचलित हुनु नपर्ने भन्दै थापाले अभाव र संकटमा मान्छेको परीक्षा हुने भएकोले खरो रुपमा उत्रन कार्यकर्तालाई निर्देशन दिए ।

आरोप– प्रत्यारोप लगाउने वा कुनै निहुँ र बहाना बनायर कोही निष्क्रिय हुने छुट नभएको भन्दै थापाले बलियो एजेन्डा, प्रतिबद्ध, निष्ठावान् र लगनशील कार्यकर्ताको बलमा राप्रपा अघि बढ्ने दाबी गरे । राप्रपालाई मुलुकको प्रमुख राजनीतिक शक्ति निर्माण गरेर छाड्ने आँट आफूमा रहेको भन्दै थापाले कांग्रेस र कम्युनिस्टको विकल्पको रुपमा राप्रपा केही समयमा राजनीतिक परिदृष्यमा उदाउने विचार व्यक्त गरे । 

सो अवसरमा पार्टीका प्रदेश १ का अध्यक्ष राम थापा, सहायक महामन्त्री केदार कोइराला, दिनेश साह, माधव आचार्यलगायतले बोलेका थिए । थापा धनकुटा, मोरङ, इलाम र झापाको कार्यक्रममा सहभागी हुने पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।
 





  • प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार १७:१५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया