काठमाडौं । छिमेकीको पर्खाल भत्किँदा काठमाडौंको मूलपानीमा तीनजनाको मृत्यु भएको छ । शुक्रबार बिहानैदेखि परिरहेको अविरल वर्षाका कारण भत्केको पखौलले च्यापेर एकै परिवारका तीनजनाको निधन भएके हो ।
मृत्यु हुनेहरुमा बारा घर भई कागेश्वरी नगरपालिका बस्दै आएका २३ वर्षीया नितु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले एकै परिवारका सदस्यको पर्खालले पुरिँदा ज्यान गएको पुष्टि गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।