रिमा र निराजन भन्दै छन्- उडेर जाऊँ

काठमाडौं– देशको ५० लाख बढी जनसंख्या विदेशमा छ । सानो देशबाट ठूलो सपना बोकेर विदेशिएका नेपालीका आ–आफनै सपना छन् । कला र संगीतमा आफूलाई स्थापित गर्ने प्रयास गर्दागर्दै अधुरो रहेको सपना पूरा गर्ने इच्छा कता–कता एउटा कलाकार सर्जकको मनमा सधैँ हुन्छ । 

करिब ३ वर्ष अघि सरिता लिङ्देनले आफ्नो डायरीमा लेखेर राखेको गीतले नयाँ जीवन पाएको छ। ‘उडेर जाऊँ’ बोलको रोमान्टिक गीतमा चर्चित गायिका अन्जु पन्तले स्वर दिएकी छिन् । गीतमा संगीत मन्जुल मितेरीको छ । गीतको संगीत संयोजन बादल लिम्बूले गरेका हुन् ।  

लभ रोमान्सको भावमा प्रस्तुत गरिएको यस भिडियोमा नायिका तथा रिमा विश्वकर्मा र निराजन प्रधानलाई प्रेमजोडीका रूपमा प्रस्तुत गरिएको छ। राम कुमार केसीले  खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । सरिता लिङ्देन प्रस्तुतकर्ता रहेकोे म्युजिक भिडियोलाई सत्य राज चौलागाईंले निर्देशन गरेका हुन् । 





  • प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार १८:४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया