श्रीदेवीको हत्या कि मृत्युः चर्चा फेरि सतहमा !

एजेन्सी– बलिउड अभिनेत्री श्रीदेवीको मृत्यु प्रकरण फेरि एकपटक चर्चामा आउन थालेको छ । यसबारे उनका पति तथा निर्माता बोनी कपुरले समेत बोल्न बाध्य भएका छन् । केरलाका एक प्रहरी अधिकारीले त्यहाँको पत्रिका केरला कौमादीमा आफ्नो स्तम्भमा यसबारे लेखेपछि बोनी बोलेका हुन् । 

ती प्रहरी अधिकारी ऋषिराज सिंहले अभिनेत्री श्रीदेवीको दुर्घटनावश डुबेर मृत्यु नभएको हुनसक्ने आफ्नो स्तम्भमा लेखेका थिए । 

‘मलाई यस्तो काल्पनिक कथाबारे केही भन्नुछैन,’ बोनीले यसको प्रतिक्रियामा भनेका छन्, ‘यस्ता काल्पनिक कथा आइरहन्छन्, त्यसमा मलाई कुनै प्रतिक्रिया दिनु छैन ।’

ऋषिराजले चाहिँ एक फरेन्सिक चिकित्सकको हवाला दिँदै लेखेका छन्, ‘उनले मलाई श्रीदेवीको हत्या भएको हुनसक्ने बताएका थिए । यो निकै अगाडिको कुरा हो र मैले ती साथीलाई सोधेको थिएँ ।’

उनले आफ्नो तर्क स्थापित गर्न एउटा व्यक्ति एक फुट पानीमा कहिल्यै डुब्न नसक्नेसमेत बताएका छन् । 

त्यसो त गत फ्रेबुअरीमा निधन भएपछि श्रीदेवीको मृत्युबारे बारम्बार विभिन्न चर्चा भइरहेका छन् । श्रीदेवीको दुबईमा एउटा होटलमा शव भेटिएको थियो । उनी त्यहाँ पारिवारिक वैवाहिक समारोहमा भाग लिन गएकी थिइन् ।



दुबई प्रहरीले चाहिँ श्रीदेवीको मृत्यु बाथटबमा डुबेर भएको नै उल्लेख गरेका थिए ।




  • प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार १८:५३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया