परिणिती चोपडा मेकअप नगरी फिल्म खेल्ने

एजेन्सी– बलिउडमा राम्रै स्थान बनाएकी अभिनेत्री हुन् परिणिती चोपडा । उनी अहिले आफ्नो करिअरको नै नयाँ बायोपिकमा काम गरिरहेकी छिन् । उनले गर्न लागेको बायोपिक ब्याडमिन्टन च्याम्पियन साइना नेहवालको हो । 

यो फिल्मका लागि परिणिती चोपडाले आफू खेलाडीजस्तै देखिनका लागि प्रयास गरिरहेको बताएकी छिन् । र, त्यसका लागि उनी कुनै मेकअपको प्रयोग नगर्ने निर्णयमा पुगेकी छिन् । यसको अर्थ हो, उनी मेकअपविना नै फिल्ममा देखिनेछिन् । 

‘मलाई थाहा छ,’ उनले भारतीय मिडियालाई दिएको अन्तर्वार्तामा भनेकी छिन्, ‘म साइनाजस्तै देखिनु पर्छ, त्यसैले म मेकअप गर्नेछैन, मैले यो कुरा आफ्नो टिममा छलफल गरिसकेकी छु ।’





  • प्रकाशित मिति : असार २८, २०७६ शनिबार १३:३९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया