एजेन्सी– धेरैलाई थाहा छ, बलिउड अभिनेता इरफान खान इन्डोक्राइन क्यान्सरका कारण उपचार गर्न अहिले लन्डनमा छन् । तर, यहीबीच उनी फिल्म ‘अंग्रेजी मिडियम’मा काम पनि गरिरहेका छन् । त्यसका लागि उनले फिल्मको सुटिङ नै लन्डनमा गरे ।
यो फिल्मको सुटिङ त सकिएको छ । तर, फिल्मको सुटिङ सकिएलगत्तै खिचिएको एउटा फोटो अहिले निकै चर्चामा छ । फोटो हो, इरफान खानले निर्देशक होमी अदजानियासँग सेयर गरेको तस्वीर ।
तस्वीरको क्याप्सनमा होमीले लेखेका छन्, ‘इरफान खान तपाईं अविश्वसनीय हुनुहुन्छ । एउटा सभ्य कलाकार पनि । म तपाईंसँग निकै प्रेम गर्छु ।’
उनले आफूले इरफानसँग मिलेर यो फिल्म बनाउन पनि चाहेको तर यसअघि नमिलिरहेको पनि बताएका छन् । यो फिल्म अर्को वर्ष रिलिज हुँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।