फेसबुकलाई पाँच अर्ब डलर जरिवाना

एजेन्सी– अमेरिकी नियामकहरुले फेसबुकमाथि पाँच अर्ब डलर जरिवाना लगाउन अनुमति दिएका छन् । 

अमेरिकी मिडियामा छापिएको समाचारअनुसार यो जरिवाना सामाजिक सन्जाल कम्पनीको विरुद्ध डाटा गोपनीयता उल्लंघन गरेको आरोपमा चलिरहेको छानबिनपछि लगाइएको हो । 

संघीय व्यापार आयोगले यस विषयमा अनुसन्धान गरिरहेको थियो । यो विषय भनेको राजनीतिक परामर्शको कम्पनी क्याम्ब्रिज एनालाइटिकालाई गलत तरिकाले फेसबुकका ८ करोड प्रयोगकर्ताको डाटा दिइएको बारे हो । 

अमेरिकी मिडियालाई स्रोतले बताएअनुसार फेसबुकमाथि जरिवाना लगाउन अनुमति दिइएको छ । 

तर, यो जरिवानाको अनुमान यसअघि फेसबुकले लगाइसकेको थियो । 

क्याम्ब्रिज एनालाइटिका एउटा बेलायती राजनीतिक परामर्शदाता कम्पनी हो । यसले करोडौं फेसबुक प्रयोगकर्ताको डाटा लिएको र त्यसको प्रयोग अमेरिकी राष्ट्रपति चुनावमा गरेको र डोनाल्ड ट्रम्पलाई त्यसले फाइदा पुगेको आरोप लगाइएको थियो ।



कम्पनीले डाटा लिएर मतदातालाई प्रभावित गरेको आरोप लगाइएको थियो ।



  • प्रकाशित मिति : असार २८, २०७६ शनिबार १७:४०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया