Sun, 25 Aug, 2019


अमेरिकामा आइतबारबाट आप्रवासी पक्राउ गरिने, फिर्ता पठाइने
फरकधार / असार २८, २०७६

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैधानिक रुपमा अमेरिका छिरेका आप्रवासीको चेकजाँच गर्न, उनीहरुको घरमा छापा मार्न र उनीहरुलाई देश फर्काइदिन निर्देशन दिएका छन् । अब त्यहाँको इमिग्रेसन तथा कस्टम इन्फोर्समेन्ट कमिटीले यो काम आइतबारबाट सुरु गर्दै छ ।



इमिग्रेसनका अधिकारी म्याथ्यु अलबेन्सले भनेका छन्, ‘यो नियमित प्रक्रिया हो, सन् २०१६ मा बाराक ओबामा हुँदा वा पछि २०१७ मा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि पनि यो प्रक्रिया सुरु गरिएको थियो ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ ह्वाइट हाउसमा संवाददाताहरुलाई अवैध रुपमा आएका मानिसहरुलाई खोजेर उनीहरुकै देश फर्काउने यो प्रक्रिया सुरु भएको बताएका थिए । उनले केही व्यक्तिहरुमाथि अमेरिकामा नै कारवाही चलाउने पनि जनाएका छन् ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्