कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब

काठमाडौं– बिहिबार रातिदेखि परेको अविरल वर्षाका कारण नेपालभरका नदीनालामा पानी वहाव निकै बढेको छ । 

कोशी नदीमा पनि पानीको वहाव निकै बढेको छ । शनिबार अपराह्न कोशी नदीमा दिउँसो २ बजे मापन गरिएअनुसार २ लाख ७४ हजार ६५ क्युसेक पानीको वहाव देखियो । 

तर, कोशी ब्यारेजमा एक लाख ५० हजार क्युसेक पानीको मापनपछि नै यसलाई खतरा मानिन्छ ।

यही खतरालाई ध्यानमा राख्दै कोशी ब्यारेजका ५६ मध्ये ४१ ढोका खोलिएको छ । स्थानीय प्रशासनले त्यहाँ पानीको बहाव थप बढ्न सक्ने अनुमान गर्दै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षा अपनाउन अपिल गरेको छ । 

तर, ४१ ढोका खोलिएपछि बिहार जलमग्न भएको भन्दै भारतीय पक्षले कोशी ब्यारेजका ढोका बन्द गर्न निरन्तर दबाब दिइरहेको छ । राष्ट्रिय समाचार समिति (रासस)ले शनिबार साँझ रिपोर्ट गरेको समाचारमा सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले यो जानकारी दिएको जनाएको छ । 





  • प्रकाशित मिति : असार २८, २०७६ शनिबार २०:२६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया