आज विश्वकप एकदिवशीय क्रिकेटको फाइनल, न्युजिल्यान्ड र इंग्ल्यान्ड कसले जित्ला ४५ करोड ?

काठमाडौं– विश्वकप एकदिवशीय क्रिकेटको आज फाइनल खेल लन्डनको लर्ड्स मैदानमा हुँदैछ । आयोजक राष्ट्र इंग्ल्यान्ड अष्ट्रेलियालाई हराउँदै र न्युजिल्यान्ड भारतलाई हराउँदै फाइनलमा पुगेका हुन् । 

यी दुवै टिमले यसअघि विश्वकपको ट्रफी उचालेका छैनन् । 

आजको खेलको विजेतालाई आयोजक आइसिसीले ४४ करोड ८० लाख रुपैयाँ इनामस्वरुप दिन्छ । त्यस्तै दोस्रो हुने टिमलाई २२ करोड ४० लाख रुपैयाँ दिइन्छ ।

योसँगै च्याम्पियन बन्ने टिमले सुन र चाँदीबाट बनेको ११ किलोको ट्रफी पनि पाउँछ । 

आज अन्तिम खेल भएकाले यसपटकको म्यान अफ द टुर्नामेन्ट को हुने भन्ने पनि कौतूहल छ । भारतका रोहित शर्मा, शाकिब अल हसन, मिसेल स्टार्क, जो रुट, केन विलियम्सन र जोफ्रा आर्चर म्यान अफ द टुर्नामेन्टका लागि अनुमान गरिएका नाम हुन् । 

अर्कोतिर, गोल्डेन ब्याटको रेसमा सबैभन्दा अगाडि रोहित शर्मा छन् । उनले अहिलेसम्म यो विश्वकपमा सबैभन्दा धेरै ६४८ रन बनाएका छन् । रुट र विलियम्सनले ५४९ र ५४८ रन बनाएका छन् । उनीहरुले आजको खेलमा शतकीय पारी खेले भने रोहित भन्दा अगाडि पुग्नेछन् । 



बलिङ तर्फचाहिँ यसपटक पनि स्टार्क नै अगाडि देखिएका छन् । अघिल्लो विश्वकपमा पनि उनले सबैभन्दा धेरै विकेट लिएका थिए । यसपटक उनले २७ विकेट लिएर कीर्तिमान कायम गरेका छन् । 

विश्वकपको ट्रफी ११ किलोको हुन्छ । सून र चाँदी मिसाएर बनाइएको यो ट्रफीको उचाइ ६० सेन्टिमिटर छ । यसलाई बनाउन २ महिना लागेको आइसिसीले जनाएको छ ।



  • प्रकाशित मिति : असार २९, २०७६ आइतबार १०:२०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया