बढी पहिरोमा मृत्यु हुनेको संख्या ४८ पुग्यो

काठमाडौं– बिहिबार रातिदेखि परेको अविरल वर्षाका कारण बाढी पहिरोमा ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ । प्रहरीका अनुसार बेपत्ता हुनेको संख्या ३ दर्जन नाघेको छ । 

बाढीपहिरोका कारण सबैभन्दा बढी मृत्य प्रदेश १ मा भएको छ । प्रदशे १ मा १७ जनाको मृत्यु, ३ मा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रदेश ५ मा दुई जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशमा २ जनाको मृत्यु भएको छ । 

बाढी पहिरोका कारण विभिन्न ठाउँमा अवरुद्ध भएका बाटाहरु अझै पनि सन्चालनमा आउन सकेका छैनन् । कतिपय ठाउँमा एकतर्फी बाटो सन्चालनमा आएका छन् । 

उता, प्रदेश दुईको गौरमा पानी सतह निकै घटेको छ । यसअघि भारतले लगाएको बाँधका कारण गौर डुबानमा परेको थियो । तर, बाँध भत्किएपछि पानीको सतह क्रमशः घट्दै गएको हो । 

सप्तकोशीमा ब्यारेजका सबै ५६ ढोका खोलिएका छन् । यसअघि ४१ ढोका खोल्दा नै भारतले ढोका बन्द दबाब दिएको थियो । ५६ ढोका नै खोलिएपछि भारतको बिहार जलमग्न भएको छ ।





  • प्रकाशित मिति : असार २९, २०७६ आइतबार ११:३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया