मलेसियाविरुद्ध नेपालको सहज जित, सिरिज ‘क्लिन स्विप’

काठमाडौं– नेपालले मलेसियाविरुद्ध सहज जीत निकालेको छ । आइतबार भएको खेलमा मलेसियालाई नेपालले ६ रनले पराजित गरेको हो । 

यसअघि शनिबार भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो । 

पहिलो टी–२० श्रृङ्खलाका दुवै खेल जितेपछि नेपालले ऐतिहासिक सफलता हात पारेको हो ।

आइतबारको खेलमा मलेसियामा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन जोडेको हो ।

 नेपालका लागि ब्याट्सम्यान विनोद भण्डारीले अर्धशतक प्रहार गरे । उनले २५ बलमा ३ चौका र पाँच छक्काको सहयोगमा ५१ रनको योगदान दिएका हुन् । 

अर्का ब्याट्सम्यान शरद भेषवाकरले ४० रन जोडे । कप्तान पारस खड्का २३, पवन सर्राफ १० रनमा पेभेलियन फर्किए । अन्य ब्याट्सम्यानमा ज्ञानेन्द्र मल्लले ७, रोहित कुमारले १९, करण केसीले १६ रन बनाए ।



मलेसियाका लागि फित्री सामले सबैभन्दा धेरै ३ विकेट लिए । 

यसअघि शनिबार भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले जित निकालेको थियो । 



६ साउदेखि सिंगापुरमा हुने टी–२० विश्वकप एसिया छनोटको प्रतियोगिताका लागि त्यसतर्फ उडेको नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेलेको हो । 

मलेसियाले २० ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै १६७ रन बनायो । मलेसियाका लागि ओपनर भिरनदीप सिंह र शेयद अजिजले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरे । अजिजले ५० रन बनाउँदा सिंह २३ रनमा आउट भए । 

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने करण केसी, अभिनाश बोहोरा र पारस खड्काले १-१ विकेट लिए ।

  • प्रकाशित मिति : असार २९, २०७६ आइतबार ११:१७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया