६५ वर्ष पुगेकालाई ज्येष्ठ नागरिकको मान्यता दिऔँ – कांग्रेस सचेतक

काठमाडौं– प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले ६५ वर्ष पुगेका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिनुपर्ने अडान लिएको छ । आज संघीय संसद्को महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिकसम्बन्धी विधेयक’माथिको छलफलमा कांग्रेस सचेतक पुष्पा भुसालले ज्येष्ठ नागरिकको उमेर ७० वर्ष राख्ने सरकारी प्रस्तावमा पुनर्विचार गर्नुपर्ने अडान राखिन् ।

भौगोलिक कारणले पनि ६५ वर्ष पुगेका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिई सेवा–सुविधा उपलब्ध गराउनुपर्ने उनले तर्क गरिन् । विधेयकमा ‘अति ज्येष्ठ नागरिक’ भन्ने प्रावधान राखिएकोमा पनि सांसद भुसालले असन्तुष्टि जनाइन् । सबै ज्येष्ठ नागरिक समान भएको भन्दै उनले ज्येष्ठ नागरिकको वर्गीकरण गर्न नहुने बताइन् ।

सरकारले समितिमा पेस गरेको विधेयकमा ८० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई अति ज्येष्ठ नागरिकको मान्यता दिने प्रावधान छ ।

सत्तारुढ दल नेकपाकी सांसद विनुकुमारी श्रेष्ठले पनि ज्येष्ठ नागरिकलाई वर्गीकरण नगर्न सरकारको ध्यानाकर्षण गराइन् । ८० वर्ष पुगेकालाई विशेष सुविधाको व्यवस्था गर्न हुने, तर ज्येष्ठ नागरिकहरुमाथि नै विभेद हुने गरी अति ज्येष्ठ नागरिक भन्ने प्रावधान भने राख्न नहुने उनको तर्क छ । 





  • प्रकाशित मिति : असार २९, २०७६ आइतबार १५:५३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया