काठमाडौं– आइतबार इंग्ल्यान्डमा भएको रोमान्चक प्रतिस्पर्धामा न्युजिल्यान्डलाई सुपर ओभरमा हराउँदै इंग्ल्यान्डले पहिलो पटक आइसिसी विश्वकप एकदिवशीय क्रिकेटमा च्याम्पियन बन्दै ट्रफी उचाल्यो ।
क्रिकेटको महाकुम्भसमेत मानिने यो विश्वकपमा इंग्ल्यान्ड छैटौं विश्वविजेता बन्यो ।
यो खेललाई नेपालमा पनि निकै उत्साहका साथ हेरियो । क्रिकेट फ्यानहरुले सम्भवतः पहिलो पटक सुपर ओभरमा विश्वकपको फाइनल पुगेको र बाउन्ड्रीका आधारमा इंग्ल्यान्ड विश्व च्याम्पियन बनेको थाहा पाए ।
पछिल्लो समय समाजवादी पार्टीका संघीय काउन्सिल अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि विश्वका गतिविधि तथा खेलबारे आफ्नो ट्विटरमा लेखिरहेका हुन्छन् ।
आइतबारको यो खेलबारे पनि डा. भट्टराईले ट्विटरमा लेखेका छन् ।
तर, यो खेलबारे उनी राम्रैसँग झुक्किएका छन् । किनकि उनले फाइनल खेल खेलेको देश इंग्ल्यान्ड हो भन्ने नै बिर्सिएछन् ! उनले त ट्विटरमा अष्ट्रेलिया र न्युजिल्यान्ड फाइनल खेल खेलेको पो लेखेका छन् । अष्ट्रेलियालाई त हराएर इंग्ल्यान्ड यो विश्वकपको फाइनलमा पुगेको थियो ।
डा. भट्टराईले ट्विटरमा लेखेका छन्, ‘क्रिकेट अनिश्चयको खेल त्यसै भनिएको हैन रहेछ१ आइसिसी विश्वकपको फ़ाइनलमा अष्ट्रेलिया र न्यूजिल्याण्डको खेल रोमान्चक मात्र हैन गजब रह्ये ! ५० ओभरमा दुवैको २४१/२४१ रन !’
क्रिकेट अनिश्चयको खेल त्यसै भनिएको हैन रहेछ! ICC World Cupको फ़ाइनलमा अष्ट्रेलिया र न्यूजिल्याण्डको खेल रोमान्चक मात्र हैन गजब रह्ये!५० ओभरमा दुवैको २४१/२४१ रन! pic.twitter.com/xu34ABNz7n
— Baburam Bhattarai (@brb1954) July 14, 2019
सायद, पूर्वप्रधानमन्त्री डा. भट्टराई विश्वकपको फाइनलमा कोको खेल्दैछन् भन्ने नै बिर्सिए । वा, उनले टाइप गर्दा गल्ती गरे ।
तर, खेलको सुपरओभर सकिएपछि चाहिँ फेरि डा. भट्टराईले अर्को ट्विट गरेका छन्, जसमा उनले इंग्ल्यान्डलाई बधाई दिएका छन् ।
डा. भट्टराईले के गल्ती गरेका थिए, यसबारे सामाजिक सन्जालमा उनीमाथि निकै व्यग्य गरिएकाे छ । छाेटाे समयमा नै डा. भट्टराईकाे गल्ती ट्विट ३ सयभन्दा धेरै कमेन्ट गरिएका थिए ।
Congratulations England for the fantastic win in the Super Over in the ICC World Cup! Never mind New Zealand, you too played well! Cricket has won! Game spirit has won! This World Cup will be remembered for ever! pic.twitter.com/izrlPT9V27
— Baburam Bhattarai (@brb1954) July 14, 2019
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।