संसद् बैठक स्थगित गरेको भन्दै कांग्रेसद्वारा आक्रोश व्यक्त

काठमाडौं– संसद् बैठक स्थगित गरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधिसभामा विपक्षी दलका नेता रहेका  देउवाले बाढी पहिरोबारे संसदमा छलफल गरौँ भन्दा बैठक स्थगित भएको भन्दै आपत्ति जनाएका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले भने, ‘देशभर बाढी आएको छ, पहिरो गएको छ । यो वेलामा संसद एकबद्ध भएर छलफल गरौँ । सांसदहरू पनि जनताको पक्षमा छौँ भन्ने सन्देश दिने प्रस्ताव राख्दा बैठक नै स्थगित गरे ।’

सभामुखले संसद्को सोमबारको बैठक सूचना टाँसेर स्थगित गरेका थिए । देउवाले मानवीयतासँग जोडिएको विषयमा संसद्मा छलफल गर्न नदिनु अचम्म भएको उल्लेख गर्दै भने, ‘हामी यसको भर्त्सना गर्छौं । यो गर्नै नहुने कुरा हो ।’

सभामुखलाई कसैले तर्साएको आशंका गर्दै देउवाले त्यसैकारण सभामुखले बैठक नराखेको हुन सक्ने बताए ।





  • प्रकाशित मिति : असार ३०, २०७६ साेमबार १६:१५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया