बल्ल घट्यो सप्तकोशीमा पानीको बहाव

सुनसरी– सप्तकोशी नदीमा पानीको बहाव क्रमिक रूपमा घट्दै गएको छ । तराई तथा पूर्वी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण बढेको पानीको बहाव अहिले विस्तारै घट्दै गएको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए । 

दुई दिनदेखि वर्षा रोकिएपछि कोशी ब्यारेज भएर बग्ने सप्तकोशी नदीको पानीको बहावमा कमी आएको उनले बताए । उनका अनुसार सोमबार पछिल्लो समय गरिएको मापनअनुसार कोशी ब्यारेजमा एक लाख ९३ हजार ७ सय ५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको छ । 

पानीको बहाव घटेपछि अहिले कोशी ब्यारेजको २८ वटा ढोका खुला गरिएको छ । पानीको बहावअनुसार ढोका खुल्ला गर्ने र बन्द गर्ने भएकाले कुन वेला कतिवटा ढोका खोल्ने भन्ने विषयमा आफूहरु अनभिज्ञ रहेकोसमेत सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए ।

केही दिनअघि विभिन्न सञ्चारमाध्यममा आफ्नो नाम उद्धृत गरेर भारतीय पक्षको दबाबका कारण कोशी ब्यारेजको ढोका खोल्न नमानेको समाचारमा आफूलाई केही जानकारी नभएको र यो विषय ‘कन्ट्रोल रुम’ले हेर्ने भएकाले आफूलाई कन्ट्रोल रुमबाट आएको जानकारी बाहिर दिने गरेको प्रहरी निरीक्षक भण्डारीले बताए । 





  • प्रकाशित मिति : असार ३०, २०७६ साेमबार १८:१४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया