पहिलोपटक साउदी महिलालाई पुुरुष अभिभावकविनै विदेश जाने अनुमति

रियाद– साउदी अरबले पहिलोपटक आफ्ना महिला नागरिकलाई कुनै पुरुष अभिभावकविनै विदेश घुम्न जाने अनुमति दिएको छ ।

महिलाप्रति कठोर कानुनका कारण विश्वभरका मानवअधिकारवादी संघसंस्थाबाट दबाब झेलिरहेको साउदीले महिलाको विदेश यात्रालाई लिएर नयाँ कानुनसमेत बनाएको छ । यो कानुन यसै वर्षदेखि लागू हुने आशा गरिएको छ ।

मौजुदा कानुनअनुसार भने कुनै पनि उमेरकी महिला कुनै पुरुष संरक्षकविना विदेश जान पाउँदिनन् । उसो त, २१ वर्षभन्दा कम उमेरका साउदी पुरुषका हकमा पनि यही नियम लागू हुन्छ । 

पछिल्लो समय साउदीबाट भागेर ‘स्वच्छन्द जीवनका लागि’ भन्दै विदेशमा शरण लिन जानेको संख्या बढेको छ । तथ्यांकअनुसार पछिल्लो सात वर्षमा सउदी शरणार्थीको संख्या चौगुना भएको छ । यसमा पुरुष र महिला दुवै छन् । यसले पछिल्लो समय साउदी नागरिकमा स्वच्छन्द जीवनको लालसा बढेको देखाउँछ । 

उसो त, विश्वकै कडा र विभेदकारी कानुन भएको साउदी पछिल्ला वर्ष विस्तारै समानतातर्फ अग्रसर भएको देखिन्छ । पछिल्ला वर्ष साउदीले महिलालाई मतदानको अधिकारदेखि लिएर सवारीचालक अनुमतिपत्र लिन पाउने, विना बुर्का बाहिर निस्कन पाउनेजस्ता अधिकार दिएको छ ।

यद्यपि, लैंगिक समानताका सन्दर्भमा साउदी अझै धेरै पछाडि छ । साउदीका महिला अझै पुरुषको अनुमतिविना बिहे गर्नसमेत पाउँदैनन् । 





  • प्रकाशित मिति : असार ३०, २०७६ साेमबार २०:२१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया