प्रदेश ३ योजना आयोग उपाध्यक्ष डा. देवकोटाले दिए राजीनामा

काठमाडौं– प्रदेश ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारणले गर्दा राजीनामा दिनु परेको बताएका छन् । 

डा. देवकोटाले कुनै असन्तुष्टि रहेकाले आफूले राजनीमा नदिएको पनि बताएका छन् । काठमाडौंबाहिर रहँदा आफ्नो अध्ययनमा समस्या भएको भन्दै उनले राजीनामा दिएको राष्ट्रिय समाचार समितिले फाइल गरेको समाचारमा उल्लेख छ । 

उनले राजीनामा दिएपछि पदमा रहँदा मुख्यमन्त्रीलगायत प्रदेश सरकारको साथ र सहयोग पाएको पनि अध्ययनका कारण राजीनामा दिन आफू बाध्य भएको जनाएका छन् । उनले मुख्यमन्त्रीलगायतले राजीनामा फिर्ता लिन अनुरोध गर्दा पनि आफूले फिर्ता लिन नसकेको राससलाई बताएका छन् । 

साथै उनले आफू पदमा रहँदा धेरै कामहरु समयमा नै सकेको पनि बताएका छन् ।





  • प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार १०:२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया