काठमाडौँ– सुशीला पौडेलको उपन्यास ‘तृषा’ लोकार्पण गरिएको छ ।
वरिष्ठ गीतकार तथा चलचित्रकर्मी यादव खरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलले समाजमा रहेको यौन कुण्ठालाई सहज र कलात्मक मात्र नभई मिठासपूर्ण तरिकाले आख्यानकार पौडेलले प्रस्तुत गरेको बताए ।
यसैगरी समालोचक गीता त्रिपाठीले प्रेम, बन्धन, स्वतन्त्रता तथा धोकालाई नारीको पक्षबाट नारीले भोगेको विषयलाई सहज रूपमा उक्त उपन्यासमा प्रस्तुत गरिएको धारणा राखिन् ।
‘आधुनिक नारीका यौन कुण्ठालाई उपन्यासले कलात्मक तरिकाले प्रस्तुत गरेको छ’, त्रिपाठीको भनाइ थियो ।
शनिवार काठमाडौंमा गरिएको कार्यक्रममा साहित्यकारहरु एसपी कोइराला, भोजराज घिमिरे, डा. कृष्णहरि बराल, प्रकाश सायमीलगायतको उपस्थिति थियो ।
शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ३५० रुपैयाँ रहेको छ । पुस्तकको सुन्दर आवरण डिजाइन सन्तोषकुमार दाहालले गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।