लोकसेवाको विज्ञापनविरुद्ध प्रदर्शन, प्रश्नपत्र च्यात्ने धम्की

काठमाडौं– आरक्षण बचाऔँ आन्दोलनले मंगलबार लोकसेवाको विज्ञापनविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन आरक्षणविरोधी रहेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा दलित, जनजाति, मधेसी, महिला, मुस्लिम, अपांगता भएकाहरु सहभागी थिए । यसअघि उनीहरूले सुन्धारा, बानेश्वर र थापाथलीबाट एकैचोटि र्याली सुरु गरेर माइतीघरमा जम्मा भएका थिए । 

लोकसेवाले विज्ञापन सच्याएर समावेशी विज्ञापन जारी नगरेसम्म आफूहरुको आन्दोलन नरोकिने आन्दोलनकारीको भनाइ छ । आफूहरूको मागमा सरकारले अटेरी गरेर परीक्षा सञ्चालन गरे परीक्षा केन्द्रमा प्रदर्शन गर्ने र प्रश्नपत्र च्यात्ने उनीहरुले धम्की दिएका छन् ।





  • प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार १५:२४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया