बाढीपीडितको सहयोगका लागि तराई जाने देउवाको तयारी

काठमाडौं– बाढीपीडितको सहयोगका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मधेस जाने भएका छन् । पीडितलाई उद्धार तथा राहत वितरणका लागि कांग्रेसले केन्द्रीय समिति निर्धारित बैठक स्थगित गरेको थियो ।  

पूर्वप्रधानमन्त्री देउवा बाढी–पहिरो र डुबानमा परेकाहरूको अवस्थाबारे बुझ्न तराईका विभिन्न जिल्ला जाने तयारीमा जुटेका हुन् । कांग्रेस उपसभापति विमलेन्द्र निधि पनि मंगलबारै मधेस जाँदै छन्।

यसअघि सोमबार कांग्रेसले आफ्ना निर्वाचित सांसदहरूको पाँच दिनको तलब बाढीपीडितको सहयोगका लागि छुट्याउने निर्णय गरेको थियो । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सोबारे सञ्चारमाध्यमलाई जानकारी गराएका थिए । 

कांग्रेसकै निर्देशनअनुसार भ्रातृसंगठन नेविसंघले बाढीपीडितको सहयोगका लागि विभिन्न सामग्री र रकम संकलन गरिराखेका छन् । 





  • प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार १५:४१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया