नेप्से परिसूचकमा ४ अंकको सुधार

काठमाडौं– मंगलबार सेयर कारोबार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ४ अंकको सुधार आएको छ । मंगलबार नेप्से ४.४५ अंकले बढेर १ हजार २ सय ५९.०१ अंकमा पुगेको हो । नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स पनि बढेको छ । सेन्सिटिभ इन्डेक्स ०.९७ अंकले बढेर २ सय ७१.२५ अंकमा पुगेको हो ।

बजारमा १ सय ६१ कम्पनीका १९ लाख ५६ हजार ६ सय ३० कित्ता सेयर ३४ करोड ७२ लाख ८९ हजार २ सय ७५ रुपैयाँमा कारोबार भए । यस दिन बजारमा कारोबारमा आएका ११ वटै समूहगत समूह उकालो लागेका छन् । जस मध्ये होटल समूह सर्वाधिक ५६.०८ अंकले उकालो लागेको छ ।

मंगलबार सेयर बजारमा नबिल बैंकको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर ५ करोड ७८ लाख ७२ हजार ५ सय ७७ रुपैयाँमा कारोबार भयो । यस दिन नविल इक्विटी फन्डका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यस दिन कम्पनीको सेयर ९.१२ प्रतिशतले बढेको हो । 

त्यसैगरी, आँखु खोला जलविद्युत्का लगानीकर्ताले सर्वाधिक ४.१६ प्रतिशत सेयर मूल्य गुमाए । 





  • प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार १७:२८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया