विश्वकपका लागि फिफाले निकाल्यो छनोट तालिका, नेपाल समूह ‘बी’मा

काठमाडौं– सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपका लागि फिफाले बुधबार छनोट तालिका निकालेको छ । विश्वकप छनोटको एसियाको दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’मा परेको छ । 

नेपालसँगै बी समूहमा अष्ट्रेलिया, कुवेत, चाइनिज ताइपेइ र जोर्डन परेका छन् । फिफा वरीयताको एसियाली राष्ट्रको शीर्ष ३४ भित्र परेपछि नेपालले सीधै दोस्रो चरणको छनोट खेल्न पाउने भएको छ । आठ समूहमा विभाजन गरिएको दोस्रो चरणको छनोटमा ४० टोलीले होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

छनोटबाट आठ समूह विजेता र चार उत्कृष्ट उपविजेता गरी १२ टोलीले एसियाको अन्तिम छनोटमा स्थान बनाउनेछन् । नेपाल सहज समूहमा रहेको छ । 





  • प्रकाशित मिति : साउन १, २०७६ बुधबार १७:२४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया