सलमानको फिल्ममा किन काम गर्दै छैनन् मलाइका ?

एजेन्सी– बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ले पछिल्लो समय राम्रो व्यापार गर्यो । अब भारतको सफलता पछि सलमान आफ्नो फिल्म दबंगको तेस्रो भागमा काम गरिरहेका छन् । यो फिल्मको सुटिङ सुरु भइसकेको भारतीय मिडियाले जनाएका छन् । 

दबंगमा मुन्नी बदनाम हुइ फिल्मबाट कुनै समय निकै चर्चामा आएकी अरबाज खानकी पूर्वपत्नी मलाइका अरोडा भने यो फिल्ममा छैनन् । दबंगमा उनको फिल्मको निकै प्रशंसा गरिएको थियो । तर, किन यसको तेस्रो भागमा उनी छैनन् त ? उनले यसको जवाफ टाइम्स अफ इन्डियालाई दिएकी छिन् । 

‘म अहिले नै आफ्नो प्रोडेक्सन हाउसबाट नयाँ कन्सेप्टका केही कार्यक्रम बनाउन चाहिरहेकी छु,’ उनले भनेकी छिन्, ‘यसका लागि मलाई केही समय चाहिएको छ । त्यसैले पनि मैले यो फिल्म अहिले गर्न सक्दिनँ ।’





  • प्रकाशित मिति : साउन २, २०७६ बिहीबार १२:४४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया