एकैपटक २४० न्यायाधीशको सरुवा, विशेषको सिंगो टिम फेरियो

काठमाडौं– न्यायपरिषद्ले देशभरका उच्च र जिल्ला अदालतका सबैजसाे न्यायाधीशको सरुवा गरेको छ ।

न्यायपरिषद् प्रवक्ता मानबहादुर कार्कीका अनुसार बिहीबार बसेको न्यायपरिषद् बैठकले विशेष अदालतका सबै, उच्चका ७८ र जिल्ला अदालतका १ सय ५६ न्यायाधीश सरुवा गर्ने निर्णय गरेको हो ।

बैठकले भ्रष्टाचारका मुद्दा हेर्ने विशेष अदालतको सिंगो टिमलाई सरुवा गरी नयाँ टिम ल्याउने निर्णय गरेको छ । ६ जना न्यायाधीशको कोटा रहेको विशेषमा फागुनदेखि ३ जना मात्र न्यायाधीश थिए ।

अब भने विशेषले ६ जनै न्यायाधीश पाउने भएको छ । बैठकले शिवराज अधिकारीलाई विशेषको अध्यक्ष तोकेको छ । सदस्यमा कृष्ण गिरी, वालेन्द्र रूपाखेती, शान्ति सिंह थापा, चन्द्रबहादुर सारू, रवि शर्मा अर्याल तोकिएका छन् । 





  • प्रकाशित मिति : साउन २, २०७६ बिहीबार १९:७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया