काठमाडाैं– समृद्धिको लागि सिभिल बैंक’ भन्ने नारासहित अघि बढेको सिभिल बैंकले आइएसओ ९००१ः२०१५ प्रमाणपत्र पाएको छ । आज सिभिल ट्रेड सेन्टर, सुन्धारास्थित बैंकको कर्पोरेट अफिसमा आयोजित कार्यक्रमबीच आइएसओ सर्टिफिकेसनको आधिकारिक संस्था युआरएसका नेपाल प्रतिनिधि प्रकाश पौडेलले सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई प्रमाणपत्र प्रदान गरे ।
आइएसओ ९००१ः२०१५ प्रमाणपत्र आफ्नो सेवामा अन्तर्रास्ट्रिय स्तरको गुणस्तर कायम गर्ने संस्थाले पाउने गुणस्तर प्रमाणीकरण हो र त्यस संस्थाले नियमनकारी निकायहरुले जारी गरेका सबै नियम तथा कानुनको पालना गरेको प्रमाणीकरण पनि हो ।
प्रमाणपत्र लिँदै सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आइएसओ ९००१ः२०१५ प्रमाणीकरणसँगै आगामी दिनमा ग्राहकमैत्री सेवा तथा सुविधा ग्राहककै चाहनाअनुरुप आधुनिक डिजिटल बैंकिङका प्रोडक्टहरु ल्याउने बताए ।
सिभिल बैंकका अध्यक्ष ई. इच्छाराज तामाङले अब सिभिल बैंकको सेवा तथा सुविधा ग्राहककेन्द्रित छन् र नियमनकारी निकायहरुका सबै नियमहरुको पालना गरी अगाडि बढिरहेको संस्था भएको पुष्टि भएको र आगामी दिनमा ग्राहकहरुकै सेवामा केन्द्रित भएर अगाडि बढ्ने बताए ।
हाल सिभिल बैंकका ९६ शाखा छन् । समाजिक उत्तरदायित्वको वहनसँगै आफ्ना ग्राहक तथा अन्य सरोकारवालाको हितलाई ध्यानमा राखी आफ्ना सेवासुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्धि गर्दै जाने बैंकले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।