प्रियंकाका आदर्श– नेल्सन मन्डेला

एजेन्सी– भारतीय कांग्रेस महासचिव प्रियंका गान्धीले दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको १०१ औं जन्मजयन्तीको अवसरमा उनलाई सम्झिएकी छिन् । प्रियंकाका अनुसार मन्डेला उनका प्रेरणा स्रोत हुन्, मार्गदर्शक हुन्, आदर्श हुन् । प्रियंकाले ट्विट गरेकी छिन्– आज विश्व नेल्सन मन्डेला जस्ता व्यक्तिको कमी अत्यन्त धेरै महसुस गरिरहेको छ । 

उनले थपेकी छिन्– उनको जीवन, सत्यता, प्रेम तथा स्वतन्त्रताको ठूलो उदाहरण हो, मेरा लागि उनी अंकल नेल्सन थिए, उनले नै मलाई पहिलो पटक राजनीतिमा आउन बताएका थिए । प्रियंकाले ट्विटरमा सेयर गरेको मन्डेलासँगको यो फोटो चाहिँ सन् २००१ को हो । 





  • प्रकाशित मिति : साउन ३, २०७६ शुक्रबार ८:३२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया