Wed, 11 Dec, 2019


७७ वर्षमा मोडलिङ गर्दै छिन् दक्षिण कोरियाली महिला
फरकधार / साउन ३, २०७६

एजेन्सी– दक्षिण कोरियामा ऋणमा डुबेकी एक महिलाले ७७ वर्षको उमेरमा मोडलिङ सुरु गरेकी छिन् । चोई सुनले एउटा अस्पतालमा पनि काम गर्छिन् । तर, जब उनले टिभीमा धेरै मोडलहरुले विज्ञापन गरेको देखिन्, तब उनलाई पनि आफूले पनि कुनै मोडलिङ गर्नु पर्ने याद आयो  ।



त्यसैले अहिले उनी दक्षिण कोरियाको फेसन सिम्बोल बनिसकेकी छिन् । यो सबको श्रेय उनले गर्ने गरेको मोडलिङलाई जाने गरेको छ । 

सियोल फेसन विकमा ¥याम्पमा वाक गरेपछि उनी चर्चामा आएकी हुन् । 

खासमा चोईको जीवन निकै संघर्षपूर्ण रहेको थियो । पतिले उनलाई छोडिदिएपछि उनले आफ्ना बच्चाहरु पाल्न निकै संघर्ष गर्नु मात्र परेन, दैनिक घन्टौँ काम पनि गर्नु पर्ने भयो । यो सबको कारण उनले चुकाउनु पर्ने चर्को ऋण थियो । 

‘काम गर्दा मैले खाना खाने पैसासमेत हुँदैनथ्यो,’ उनले भनेकी छिन्, ‘त्यसैले जीवन बदल्न मैले मोडलिङलाई छानेँ ।’

उनले आफूले मोडलिङ सुरु गरेपछि जीवन सहज हुन थालेको बताएकी छिन् । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्