‘सरकारले जेल हाले पनि तयार छु’

एजेन्सी– पछिल्ला दुई दिन भारतमा राजनीतिका नयाँ पाटाहरु देखिए । धेरैलाई ख्याल नभए पनि यी विषयमा भारतीय मिडियामा निकै चर्चा भइरहेको छ । 

त्यसैको फलस्वरुपः कांग्रेस महासचिव प्रियंका गान्धीले शुक्रबार राति लगातार ट्विट गरिन् । उनले त्यसमा भनेकी छिन्– यदि पीडितलाई भेटेकाले मलाई सरकारले जेल हाल्छ भने म तयार छु ।

खासमा कांग्रेसकी महासचिव प्रियंका सोनभद्र हत्याकान्डका पीडितलाई भेट्न जाँदै थिइन् । तर, प्रहरी तथा प्रशासनले उनलाई शुक्रबार मिर्जापुरको नारायणपुर भन्ने ठाउँमा नै रोकिदिए । त्यसपछि उनलाई चुनार गेस्ट हाउस लगियो । 

सोनभद्र भन्ने ठाउँमा चाहिँ गाउँका मुखिया तथा उनका समर्थकले आदिवासीको जमिन कब्जा गर्ने प्रयास गरेका थिए । विरोध गरेकोमा १० आदिवासीको हत्या गरिएको थियो । यो ९० विघा विवादित जमिनका कारण भएको थियो । प्रियंका तिनै आदिवासीहरुलाई भेट्न चाहन्थिन् । 
 





  • प्रकाशित मिति : साउन ४, २०७६ शनिबार ९:२८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया