ओखलढुंगा– बालिका बलात्कार गरेको आरोपमा ओखलढुंगामा एक वृद्ध पक्राउ परेका छन् ।
स्थानीय १० वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा चिसंखुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
घरमा कोही नभएका वेला मगरले बालिकालाई करणी गरेको भन्दै बालिकाका आफन्तले दिएको किटानी उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।
मगरले बालिकालाई प्रलोभनमा पारेर गत असार ३० गते शौचालयमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ ।
पक्राउ परेका मगरलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान थालिएकोे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।