करेन्ट लागेर एकजनाको मृत्यु

नुवाकोट– नुवाकोटको सूर्यगढी गाउँपालिका–५ स्थित बगुवामा करेन्ट लाग्दा शनिबार एकजनाको मृत्यु भएको छ ।

सोही गाउँपालिकास्थित बगुवामा छिमेकीको घरको केबलको तार बनाउन बिजुलीको पोलमा चढेका ३५ वर्षीय विष्णु राईलाई करेन्ट लाग्दा उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुँयालले जानकारी दिए । 

करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याइएको थियो । घाइते राईको उपचारका क्रममा मृत्यु भएको र उनको शव परीक्षणका लागि आवश्यक प्रक्रिया र अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 





  • प्रकाशित मिति : साउन ४, २०७६ शनिबार १७:५५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया