नयाँ फिल्ममा सोनाक्षीको कडा कदम

एजेन्सी– फिल्म दबंगबाट सोनाक्षी सिन्हाले बलिउडमा पाइला टेकिन् । उनले यही फिल्मबाट नै आफूलाई बलिउडमा स्थापित पनि गराइन् । 

अक्सर पारिवारिक फिल्ममा देखिने सोनाक्षी यसपटक खानदानी शफाखाना फिल्ममा काम गरेकी छिन् । यो फिल्म चाहिँ यौन कमेडी फिल्मका रुपमा भारतीय मिडियाले लेखेका छन् । 

यसबारे सोनाक्षीले भनेकी छिन्, ‘मैले यो फिल्म गर्नुभन्दा पहिले बाबुआमाले के भन्लान् भन्ने सोचेकी थिएँ, तर जब मैले स्क्रिप्ट पढेँ, यो फिल्म गर्ने निर्णय गरेँ । यो मेरो निकै कडा निर्णय थियो ।’ उनले भारतमा अहिले पनि यो विषयमा कुराकानी गर्नु सामान्य नभएको पनि बताएकी छिन् ।





  • प्रकाशित मिति : साउन ५, २०७६ आइतबार १३:२४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया