इशा गुप्ताले पहिले लगाइन् मिटू आरोप, उनैमाथि मानहानीको मुद्दा

एजेन्सी– बलिउड अभिनेत्री इशा गुप्तालाई सबैले बोल्ड अभिनेत्री भन्छन् । उनी पनि आफ्ना कुरा निकै निर्धक्क भएर राख्छिन् । 

केही अघि उनले ट्विटरमा यस्तै एउटा विषयमा लेखिन् । उनले एक कार्यक्रममा आफूलाई आँखाले घुरेर हेरेको भन्दै एक व्यक्तिमाथि कारवाही हुनु पर्ने माग राखेकी थिइन् । त्यसका लागि उनले ट्विटरमा ती व्यक्तिको तस्वीर पनि राखेकी थिइन् । यो ६ जुलाईको कुरा थियो । उनले आफूमाथि छोएर नभइकनै दुव्र्यवहार भएको भन्दै ती व्यक्तिमाथि मिटू भन्दै आरोप लगाएकी थिइन् ।

तर, अब इशाले जो व्यक्तिलाई यस्तो आरोप लगाएकी थिइन्, तिनै व्यक्तिले इशामाथि उजुरी दिएका छन् । उनले इशाले गर्दा आफ्नो मानहानी भएको आरोप लगाएका छन् । उनले अनाहकमा आफ्नो तस्वीर राखेर इशाले दुःख दिएको, आफ्नो मानहानी गरेको आरोप लगाएका छन् । ती व्यक्ति चाहिँ दिल्लीका एक व्यवसायी रहेछन् । 





  • प्रकाशित मिति : साउन ५, २०७६ आइतबार १४:२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया