काठमाडौं– पार्टी एकीकरणको १४ महिनापछि सत्तारुढ नेकपाले जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको हो ।
८३ मध्ये ४५ इन्चार्ज पूर्वएमालेतर्फका छन् भने र ३८ पूर्वमाओवादी तर्फका छन् । उपत्यकामा काठमाडौंको इन्चार्ज पूर्वएमालेको भागमा परेको छ भने भक्तपुर र ललितपुरको नेतृत्व पूर्वमाओवादीले पाएको छ ।
नेकपा श्रोतका अनुसार, अधिकांश जिल्लामा साबिक एमाले र माओवादीका जिल्ला इन्चार्जहरुलाई नै इन्चार्ज र सहइन्चार्जको भूमिका दिइएको छ । केही जिल्लामा भने नयाँले अवसर पाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।