काठमाडौं– सत्तारुढ नेकपाको आज बालुवाटारमा बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ । पार्टी एकता घोषणा भएको १४ महिनापछि नेकपाले जिल्ला तथा महानगरको नेतृत्व चयन गरेको हो ।
नेकपाको जिल्ला इन्चार्जको जिम्मेवारी पाउनेमा केन्द्रीय सरकारका दुई क्याबिनेट मन्त्री छन् ।
नेकपा सचिवालयले सार्वजनिक गरेको सूचीअनुसार, सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटा काभ्रे जिल्लाको इन्चार्ज भएका छन् भने भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याल स्याङ्जा जिल्लाको इन्चार्ज भएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।