छवि ओझा र शिल्पा पोखरेलविरुद्ध छविकी जेठी पत्नी हेमाले दिइन् बहुविवाहको उजुरी

काठमाडौं– चलचित्र निर्माता छविराज ओझाविरुद्ध जेठी पत्नी हेमा ओझाले बहुविवाहको उजुरी दर्ता गरेकी छिन् । पति छविराज र उनकी कान्छी पत्नी नायिका शिल्पा पोखरेलविरुद्ध बहुविवाहको उजुरी हालेकी छिन् । घरमा आफू हुँदा–हुँदै छोरी उमेरकी शिल्पासँग बहुविवाह गरेको भन्दै हेमाले छवि र शिल्पा दुवैविरुद्ध आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा उजुरी दर्ता गराइन् ।

छविसँग २०४१ सालमा आफ्नो विवाह भएको भन्दै हेमाले आफूसँग दाम्पत्य सम्बन्ध रहँदै अर्को विवाह गरेका छवि र शिल्पा दुवैलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्न अनुरोध गरेकी छन् । 

पछिल्लो समय शिल्पाले छविविरुद्ध घरेलु हिंसाको मुद्दा हालेकी थिइन् । हेमाका अनुसार, शिल्पा र छविको सम्बन्धबारे मिडियामा चर्चा भएपछि उनले छविलाई अर्को बिबाहबारे सोधेकी थिइन् । जवाफमा छविले ‘मैले अर्को विवाह गरेको के प्रमाण छ ?’ भनेपछि प्रमाण खोज्ने क्रममा साउन ३ गते उनले छवि र शिल्पाको विवाह दर्ताको कागज भेटिन् । सोही कागजको आधारमा बहुविवाहको उजुरी दिएको हेमाले उल्लेख गरेकी छिन् । 

२०७५ भदौदेखि कार्यान्वयनमा आएको नयाँ मुलुकी संहिताअनुसार बहुविवाह गर्ने पुरुष र महिलालाई १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँ जरिवाना हुन्छ भने यसरी गरिएको विवाह स्वतः खारेज हुन्छ । 





  • प्रकाशित मिति : साउन ५, २०७६ आइतबार १८:३०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया