छोराले गरे बाबुको हत्या, आमा गम्भीर
साङ्केतिक तस्वीर

धनगढी– पछिल्लो समय नेपाली समाजमा आफन्तबाट नै हुने हत्या हिंसाका घटना बढिरहेका छन् । फेरि एउटै यस्तै समाचार कैलालीबाट आएको छ, जहाँ छोराले आफ्नै बाबुको हत्या गरेका छन् । 

धारिलो प्रहार गरि उनले बाबुको हत्या गरेका हुन् । यो घटनामा उनले आमामाथि पनि प्रहार गरेका थिए । आमा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घटना हो, घोडाघोडी नगरपालिका ११ को । ५५ वर्षका छोरा उदे रावतले बाबुमाथि धारिलो हतियार प्रहार गरेका थिए । आइतबार राति उनले बाबुलाई प्रहार गरेपछि आमा जोगाउन आएकी थिइन् । तर, आक्रमणमा ७५ वर्षका बाबुको घटनास्थलमा नै मृत्यु भयो भने आमा गम्भीर घाइते भएकी छिन् । 

यो आक्रमणको कारण घरायसी विवाद भएको प्रहरीले पारम्भिक अनुसन्धानमा देखाएको छ । बाबुको हत्यापछि भाग्न खोजेका उदे रावतलाई चाहिँ प्रहरीले आइतबार राति नै पक्राउ गरेको छ ।





  • प्रकाशित मिति : साउन ६, २०७६ साेमबार ९:४७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया