इरानको दाबी– १७ सिआइए एजेन्टलाई मृत्युदण्ड दिँदैछौँ

एजेन्सी– इरानले १७ अमेरिकी जासुसी संस्था सिआइएका एजेन्ट समातेको र तीमध्ये केहीलाई मृत्युदण्ड दिइसकेको दाबी गरेको छ । उसले अब अरुलाई पनि मृत्युदण्ड दिने घोषणा गरेको छ । 

इरानको एक मन्त्रालयले ती सिआइएका अधिकारीहरुले इरानबाट विभिन्न सूचना संकलन गरिरहेको, परमाणु सेनाबारे जानकारी लिइरहेको आरोप लगाएको छ ।

तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका यी आरोपहरु अस्वीकार गरेका छन् । 

पछिल्लो केही समय इरान र अमेरिकाबीच यी कुराहरुमा मतभेद बढ्दै गएको छ । परमाणु कार्यक्रममा उनीहरुको मतभेद बढ्दै गएपछि इरानले बेलायती तेल बोकेको ट्याङ्करसमेत आफ्नो नियन्त्रणमा लिएको समाचार केही दिनअघि बाहिर आएका थिए ।

गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट आफू पछि हटेको बताएका थिए ।

केही साता यता यी दुई देशबीच वाकयुद्ध मात्र नभएर सैन्य युद्धसमेत हुनसक्ने संकेत देखिएका छन् ।



इरानले चाहिँ पछिल्लो समय अमेरिकी जासुसी एजेन्टहरु १२ महिनामा पक्राउ गरेको जनाएको हो । तर, अहिलेसम्म उसले कतिजनालाई मृत्युदण्ड दिइसकेको हो भन्ने खुलाएको छैन ।
 



  • प्रकाशित मिति : साउन ६, २०७६ साेमबार २३:२९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया