एजेन्सी– अहिले अमेरिका भ्रमणमा छन्, पाकिस्तानी प्रधानमन्त्री इमरान खान । खानको यो भ्रमणलाई छिमेकी दुई मुलुक भारत र अमेरिकाले निकै चासोका साथ हेरेका छन् ।
यही भ्रमणको सिलसिलामा इमरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गरेका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएको यो भेटमा इमरानले ट्रम्पलाई भारत र पाकिस्तानबीचको कश्मिर मुद्दामा मध्यस्थता गर्न अनुरोध गरेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
यसअघि कतार एयरवेजको सामान्य उडानबाट अमेरिका पुगेका कारण इमरान चर्चामा आएका थिए । त्यसो त भारतीय मिडियाले इमरानलाई विमानस्थलमा लिन कोही पनि जिम्मेवार अमेरिकी अधिकारी नपुगेको बताएका थिए ।
अमेरिका भ्रमणमा इमरान पाकिस्तानका राजदूत अजद मजीदको आधिकारिक निवासमा नै बसेकाले पनि उनको चर्चा पाकिस्तानमा निकै बढेको छ ।
यसअघि पाकिस्तानबाट प्रधानमन्त्री नवाज शरिफले २०१५ मा अमेरिकाको भ्रमण गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।